विष्णु माझीका माइतीको गुनासो: तीन वर्षदेखि छोरी भेटेका छैनौँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विष्णु माझीका माइतीको गुनासो: तीन वर्षदेखि छोरी भेटेका छैनौँ



काठमाडौँ- चर्चित गायिका विष्णु माझीबारे फेरि एकपटक बहस चर्किएको छ । उनको पछिल्लो तीज गीत चरी जेलैमा पछि उनीबारे बहस चर्किएको हो । माझीबारे विभिन्न संचारमाध्यममा समाचार आएपछि मानव अधिकार आयोगले समेत चासो ब्यक्त गरेको छ ।

तर, खासा त के छ भने तीन वर्षदेखि उनको माइतीलाई पनि उनको अवस्थाबारे थाहा छैन । मानव अधिकार आयोगले चासो लिएपछि प्रहरी उनको माइतीमा पुग्दा उनीबारे माइतीलाई समेत थाहा नभएको पत्ता लागेको हो ।

भूमिगतजस्तै रहेकी गायिका विष्णु माझीलाई खोझ्दै प्रहरी उनको माइतीघर पुगेपछि माइतीले उल्टै गुनासो गरेका छन् । माइतीले प्रहरीसँग तीन वर्षदेखि उनको बारेमा थाहा नभएको गुनासो गरेका छन् ।

स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने काम भएको स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए। श्रीमान सुन्दरमणि अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला चर्चामा रहेको छ।

लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन।

‘जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि माझीको अवस्था बुझ्न हामी उनको माइतीघर पुगेका थियौँ। उहाँहरुले तीन वर्षदेखि छोरी घर नआएको बताउनुभयो। तर परिवारसँग भने नियमित सम्पर्कमा हुनुहुँदो रहेछ’, एसपी बोगटीले भने। सुन्दरमणिको घर कास्की हो। माझी काठमाडौँमा बस्दै आएको अनुमान हुने गरेको छ।

तर माइती पक्षले समेत माझी कहाँ बस्छिन् भनेर बताउन नचाहेको एसपी बोगटीले बताए।