ब्लड क्यान्सर पीडीतलाई गैर आबासीय नेपाली संघ मकाउको आर्थिक सहयोग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ब्लड क्यान्सर पीडीतलाई गैर आबासीय नेपाली संघ मकाउको आर्थिक सहयोग



कर्ण बहादुर अधिकारी मकाउ ,चीन

“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको पबित्र संस्था गैर आबासीय नेपाली संघ मकाउले मकाउ स्थित साउथेन सेक्युरिटी कम्पनिमा कार्यरत स्थायी घर बाग्लुङ जिल्ला नरेठेटी गाउँ बिकास समिति वडा नं ९ का गोरख बहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्स पीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले संचालन गरेको “भण्डारी बचाउ अभियान”अन्तर्गत मकाउमा कार्यरत रहनु भएका नेपाली नागरीकहरू मार्फत संकलन गरीएको रकम नेपाली रू ८ लाख ४ हजार पीडित भण्डारीलाई मिति २०७३ साल कार्तिक ५ गते शुक्रबारका दिन गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको काठमाण्डौ स्थित कार्यालयबाट समन्वय परिषदका प्रतिनिधि राजेश राणा मार्फत हस्तान्तरण गरीएको छ।14805504_1163167693764198_1240482484_n

उक्त भण्डारी बचाउ अभियानमा सहयोग गर्नु हुने मकाउमा रहेका बिभिन्न कम्पनिमा कार्यरत रहेका नेपालीहरूबाट उठेको रकम यस प्रकार छ:- १. भेनिशियन होटल क्यासिनोबाट मोप ११३६१ ।- २. स्याण्ड्स होटल क्यासिनोबाट मोप ५८०० ।- ३.प्लाजा होटल क्यासिनोबाट मोप २६००।- ४.जिमी क्यासिनोबाट मोप ७०० ।- ५. विनरवे सेक्युरीटीबाट मोप ४३१७।- ६.ल्याण्डमार्क होटलबाट मोप २९९७।- ७.ग्रुप ४ सेक्युरिटी मकाउ मोकाबाट मोप ४७५५।- ८. ब्रोड वे होटल क्या14872702_1163167720430862_1786679266_nसिनोबाट मोप ५४००।- ९. जक्की क्लवबाट मोप १५००।- १०. वाल्दो होटल क्यासिनोबाट मोप २५६१।- ११.विन मकाउ होटल क्यासिनोबाट मोप ९५५६।- १२. एसजेएम क्यासिनोबाट मोप १०५८।- १३. पेरीसन होटल क्यासिनोबाट मोप १४००।- १४.ग्रुप ४ सेक्युरीटी वन सेन्ट्रलबाट मोप १८००।- १५.हेङसेङ सेक्युरीटी कम्पनिबाट मोप २२१०।- जम्मा संकलन भएको रकम मोप ५८०१५।- उक्त संकलित रकम ८ लाख ४ हजार मध्ये २८००० ने रू भण्डारी नेपाल जादा हस्तान्तरण गरीएको र १ लाख ने रू भण्डारीसंगको छलफल पश्चात दशै अगाडी भण्डारीको नविल बैंकको खातामा जम्मा गरी दिएको र बाँकी रकम ६ लाख ७६ हजार गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको च्यारीटी खातामा जम्मा गरीएको थियो।उक्त रकम पीडित भण्डारीलाई हस्तान्तरण गरीएको हो।भण्डारी बचाउ अभियानमा थप पैसा संकलन हुने क्रममा लिस्वो क्यासिनोबाट १४१५ मोप , विन प्यालेसबाट ११०० मोप र सिटी अफ ड्रिमस् क्यासिनोबाट ४६२० मोप संकलन भएको छ उक्त रकम भण्डारीलाई नेपाली रू १ लाख ५ हजार मिति २०१६/१०/२५ तारीकका दिन हस्तान्तरण गरेको छ।

मकाउमा कार्यरत रहेका नेपालीहरूले दिलै खोलेर सहयोग गरी दिएकोमा भण्डारीले गैर आबासीय नेपाली संघ मकाउका कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू र मकाउमा रहनु भएका नेपालीहरूलाई ह्रदय देखिनै हार्दिक आभार प्रकट गर्दै धन्यबाद दिनु भएको छ।भण्डारी हाल नेपालमै उपचार गरी रहनु भएको छ।