माल्दिभ्सबाट सार्वजनिक भयो मुना थापाको प्रस्तुतिमा "कठै मेरो कर्म"(भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

माल्दिभ्सबाट सार्वजनिक भयो मुना थापाको प्रस्तुतिमा “कठै मेरो कर्म”(भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं, चैत ११  गते ।

बैदेशिक रोजगारीको शिलशिलामा प्रबाशमा रहेका नेपालीहरुले उत्कष्ट म्युजिक भिडयो निर्माण गरेका छन् । कास्की, नवलपरासी, पाल्पा, रुपन्देही, लगाएतका जिल्लामा स्थायी घर भएका उनीहरु हाल माल्दिभ्समा रहेर भएपनि आफ्नो रोजगारी संगसंगै कलाकारिता क्षेत्रलाई पनि अगाडी बढाईरहेका छन् । मुना थापा मगरको  प्रस्तुतिमा रहेको ” कठै मेरो कर्म ” लाङ्घाली म्यजिकबाट भर्खरै मात्र बजारमा आएको स्प राना मगर र टीका पुनको स्वरमा रहेको लोक गीतको म्युजिक भिडियो उनीहरुले नै माल्दिभ्सका विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरेका हुन् । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको दर्शकहरुको प्रतिकृया छ । उक्त म्युजिक भिडियोका निर्देशक तथा छायांकन खेम सारु मगरे आफुले गीतको भावअनुसारको निर्देशन गर्ने गरेको बताउनुभयो । प्रवासमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गर्नुभयो ।

उक्त म्यूजिक भिडियोमा रियान सारु,सपना सुनार,आश गुरुङ , अभिनय गरेका छन् । रियान सारु मगरले अरु म्याजिक भिडियो भन्दा निकै मार्मिक रहेएको बताउँदै आफूहरुको सानो प्रयासलाई नेपाली स्रोता दर्शकले रुचाउनेमा समेत बिश्वास ब्यक्त गर्नुभयो । साथै मोडेल सपना सुनारले नेपाली गीत संगीतमा यस गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग हुने भएकाले एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै गीतका शब्द संगीत मुना थापा मगरले गीतको शब्दलाई न्याय गर्ने गगरी भावअनुसार वियोगान्त किसिमको म्युजिक भिडियो बनेकाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो फरक भएको बताउनुभयो ।