म्यानचेस्टर सिटी उपाधिको निकै नजिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

म्यानचेस्टर सिटी उपाधिको निकै नजिक



म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्ययामलाई हराएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी उपाधिका लागि एक जितको दूरीमा पुगेको हो ।

उसलाई अब उपाधि पक्का गर्नका लागि एक जित अर्थात तीन अंक भए पुग्छ । गार्डिवलाको टिम सिटीले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा ३–१ ले हराएको हो ।

सिटीको जितमा गाब्रिएल जिसस, इल्केयी गुण्डोगान र रहिम स्ट्रर्लिङ्गले गोल गरे । टोटनह्यामका लागि क्रिष्टियन एरिसक्सनले एक गोल फर्काए । २२ औँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए ।

२५ औँ मिनेटमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गरे । ४२ औँ मिनेटमा एरिक्सनले टोटनह्यामका लागि एक गोल फर्काए । तर ७२ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो ।

सिटीले अब अप्रिल २२ मा हुने स्वान्सीसँगको खेलमा जितेमा लिगको उपाधि पक्का गर्नेछ । शीर्ष स्थानको सिटीको लिगका पाँच खेल बाँकी हुँदा ८७ अंक भएको छ ।

दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७१ अंक छ भने चौथो स्थानको टोटनह्यामको ६७ अंक रहेको छ । राति नै भएका अरु खेलमा हडर्ल्सफिल्डले वाट्फोर्डलाई १–० ले हरायो भने स्वान्सी र एभर्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।