झनै थपिए संक्रमित: मंगलबार एकैदिन २८८ जना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

झनै थपिए संक्रमित: मंगलबार एकैदिन २८८ जना



काठमाडौं- नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड बन्दै गैरहेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा ढिलागरी फैलिएपनि महामारीकै रुप लीने पक्का भएको छ ।

मंगलबार पनि उच्च संख्यामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा गर्दै आएको मिडिया ब्रिफिङमार्फत २८८ संक्रमित थपिएको जनाएको हो ।

सोमबार मात्र एकैदिन ३ सयभन्दा बढी संक्रमित भेटिएका थिए । कोरोना निको भएर फर्कनेको संख्या २६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भेटिएका धेरैजसो संक्रमितहरू भारतबाट नै फर्केको जनाएको छ ।