४ बजे मन्त्रिपरिषद् बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौं- शनिबार अपराह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने स्रोतले जानकारी दिएको हो ।

लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बतायो ।