माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार बिहानका लागि बैठक डाकिएको बताइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दवावमा परेको माओवादी केन्द्रले सरकार छाड्ने तयारी समेत गरेर बैठक डाकेको बताइएको छ ।

सत्ता समीकरण मिलाउन शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव बीचको भेटवार्तापछि माओवादी केन्द्रले बैठक डाकेको हो । बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरुवात भएको देखिएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ । यतिबेला प्रदेशहरूमा पनि माओवादी र एमालेले एक अर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी छ ।