अधिकांश ठाउँमा किन हार्यो माओवादी ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?



काठमाडौं, २३ असार ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादीले पहिलो र दोस्रो चरणमा गरी १५० सिट कटाउने लक्ष्य राखेको थियो ।

आजको नयाँ पत्रिकामा खबर छ– ६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म जम्मा ८१ तहमा मात्र जित हासिल गरेको छ । पहिलो चरणमा ४६ तह जितेको माओवादीले दोस्रो चरणमा ३८ तहमा जित हात पारेको छ ।

त्यसमध्ये पनि नगरपालिकाको संख्या निकै न्यून छ । यो सफलता अपेक्षाविपरीत भएको नेता मणि थापाले बताए । अधिकांश ठाउँमा किन हार्यो माओवादी ? माओवादी नेता मणि थापाको बुझाइमा चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । उनले एकीकृत योजना बनाएर जान नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

एमालेले सत्तासाझेदारीविरुद्ध प्रचार गर्दासमेत त्यस्तो आरोप चिर्न नसक्दा माओवादीले क्षति व्यहोर्नुपरेको निष्कर्ष माओवादीले निकालेको थापाले जानकारी दिए । ‘अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए । पार्टी प्रतिष्ठाका रूपमा चुनाव लडे,’ थापाले भने, ‘हाम्रा कार्यकर्ताले मात्र चुनाव लडे । नेताले चुनाव लडेनन्, उनीहरूलाई चुनाव लागेन ।

हाम्रा नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।’ न्यूनतम स्रोत–साधन जुटाउन नसक्दा पनि कमजोर परिणाम आएको माओवादीको निष्कर्ष छ ।