माओवादी केन्द्रद्वारा अर्घाखाँचीको सिद्धारा वडा नं. ९ १० र ११ को प्रथम पार्टी वार्ड सम्मेलनहरु सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादी केन्द्रद्वारा अर्घाखाँचीको सिद्धारा वडा नं. ९ १० र ११ को प्रथम पार्टी वार्ड सम्मेलनहरु सम्पन्न



हिमाल पोस्ट संवाददाता/अर्घाखाँची फाल्गुन ७ 

गाउँ नगर घरघर जाउँ माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने अभियान अन्तरगत आन्तरिक पार्टीकालाई तिव्रता दिदै माओवादी केन्द्रले प्रस्तावित सितगंगा नगरपालिका अन्तरगतका सिद्धारा वडा नं. ९ १० र ११ को प्रथम प्रथम पार्टी वार्ड सम्मेलनहरु सम्पन्न भएका छन् ।

वडा नंं ११ मा विष्णु परियार गोकुलको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा झविन्द्र खनाल, सचिवमा ेहेमन्ता थापा, कोषाध्यक्षमा होम बहादुर पुन, सह सचिवमा दिपक बेल्वासे निर्वाचित भएकाछन् ।

त्यस्तै वडा नं. १० मा रवी बेल्वासेको अध्यक्षतामा १९ सदस्यीय १० नं. वडा कमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा  हेकमला वि.क, सचिवमा नारायण पाण्डे, कोषध्यक्षमा नारायण वि.क., सह सचिवमा नारयण खत्री रहेका छन् ।

यसैगरी वडा नं. ९ मा पदम के.सीको अध्यषतामा नयाँ कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्ष वकिल राना, सचिवमा शुशिला आचार्य, कोषध्यक्ष सुमानसिंह परियारसहसचिवमा जीवन रेश्मी लगायत रहेका छ ।

कार्यक्रम राष्टिय महाधिबेशन आयोजक समितिका सदस्य बालकराम बुढाको प्रमख आथ्यिता र विष्णु गैरे, भिम केसी, ओपी पाडे लगयतको विशेष आतिथ्यतामा सम्पन्न एमाओवादी नेत्री छमकुमारी खनाल चिनारीले जानकारी दिएकी छन् ।