माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै



 

२५ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले केन्द्रिय समिती भङ्ग गर्ने भएको छ ।

चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरिएको हो ।

प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

मंगलबार मात्र माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई सातवटै प्रदेशबाट अनुमोदन गराउँदै छ । यसअन्तर्गत मंगलबार प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अनुमोदन भएको हो ।
यस्तै पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भंग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।