एकाएक स्थगित गरियो माओवादीको स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकाएक स्थगित गरियो माओवादीको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक एकाएक स्थगित गरिएको छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक एकाएक स्थगित गरिएको हो ।

पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल गर्न भन्दै बोलाइएको स्थायी समितिको बैठक किन स्थगित गरियो भन्ने खुलेको छैन ।

आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको स्रोतले जनाएको छ ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।