मार्मिक तस्बिर: जसले संसार हल्लायो (यस्तो छ कथा) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मार्मिक तस्बिर: जसले संसार हल्लायो (यस्तो छ कथा)



मानवतालाई लज्जित गराउने सिरियाका तीन वर्षीया आयलान कुर्दी र ५ वर्षका उमरान दकनीशको तस्बिर सार्वजनिक भएपछि अब सिरियाली जुम्ल्याहा बालकका तस्बिरले एक पटक पुनः संसारलाई नै हल्लाएर राखिदिएको छ । ती बालकहरुलाई यो पनि थाहा छैन कि आखिर उनीहरुले कुन सजायँको यति कठोर सजायँ पाइरहेका छन् । रासायनिक हमलामा ज्यान गुमाउने ९ महिनाका जुम्ल्याहा आया र अहमदको शवलाई अँगालो बाँधेर शोकाकुल भएका पिता अब्देल हमिद अलयुसेफको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

विश्वका अन्य मिडियाले यो तस्बिरलाई निकै प्रमुखताका साथ प्रकाशित गरेको छ । सिरियाको इडलिबमा भएको विनाशकारी रसायनिक हमलापछि सार्वजनिक भएको यो तस्बिर वास्तविक रुपमा नै मार्मिक छ । उक्त हमलामा अब्देल हमिदको पूरा परिवार नै समाप्त भएको छ । ९ महिनाको जुम्ल्याहा सन्तानलाई गाड्न चिहानमा पुगेका अब्देल हमिद पूर्ण रुपमा टुटिसकेका छन् ।

जुम्ल्याहालाई त्यस ठाउँमा गाडियो जहाँ अब्देलको परिवारका अन्य २२ सदस्यको पनि अन्तिम संस्कार गरिएको थियो ।

मानवतालाई लज्जित गराउने यो तस्बिर गृहयुद्धको आगोमा डढिरहेको सिरियाको भयावहा हालतलाई बयान गर्दछ । यसका साथै यस्ता थुप्रै शिशु छन् जसले आफ्नो ज्यान गुमाइसकेका छन् । यो हमलामा ३० बच्चा, २० महिलासमेत सयभन्दा बढि मानिसको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढि घाइते भएका छन् । मानवअधिकार संगठनका अनुसार मृतकको संख्यामा बढोत्तरी हुनसक्छ ।

सिरियामा रासायनिक हमलापछि सार्वजनिक भएका तस्बिरहरु हेरेर संसारभरी यसको कडा आलोचना भइरहेको छ । सोसल मिडियामा पनि मानिसहरुले तिखो आलोचना गरिरहेका छन् । रासायनिक हमलापछि बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकमा रसियाले कडा आलोचनाको सामना गर्नुपर्यो । यद्यपी, रुस सिरियाली सुरक्षा बललाई समर्थन जारी राख्ने कुरामा अडान राखिरहेको छ।