अब एमसीसी संसदबाट पास हुन्छ: झलनाथ खनाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब एमसीसी संसदबाट पास हुन्छ: झलनाथ खनाल



काठमाडौं- नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् ।

एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताए । केहि बुँदा परिवर्तन र संसोधन गरेर संसदबाटै एमसीसी पारित हुने उनले बताए ।

इमेज एफएमसँग कुरा गदै नेता खनालले भने, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ।’

उनले अमेरिकामा ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताए ।

साथै उनले केपी शर्मा ओलीसँग नेकपाको एकता संभावना नभएको बताउदै खनालले पार्टीका अन्य सदस्यका लागि एकताका लागि ढोका खुल्ला गरिएको बताए । उनले पार्टी सदस्यलाई एकताका लागि आउन आह्वान पनि गरे ।

एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताए । उनले भने, ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु ।’

त्यस्तै उनले लोकतान्त्रिक दलहरु सबै एकताबद्ध भएर जानुपर्ने भन्दै सबै दलसँग एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।