तीन मेडिकल कलेजमा छापा, मुद्दा चलाइने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तीन मेडिकल कलेजमा छापा, मुद्दा चलाइने



काठमाडौं ।तीन वटा मेडिकल कलेजमा छापा मारिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारेको बताएको छ ।

अहिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । यसै क्रममा शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको हो ।

मेडिकल कलेजविरुद्ध सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको बताइएको छ ।

मेडिकल कलेजहरूलाई सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएका छन् ।