मेगा बैंकको संस्थापक शेयर नै बिक्रीमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेगा बैंकको संस्थापक शेयर नै बिक्रीमा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो । शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार श्रेष्ठको नाममा रहेको ४ हजार ९०८ कित्ता संस्थापक शेयर विक्रीका लागि बैंकले बुधवार ३५ दिने सूचना जारी गरेको हो ।

उक्त शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।

बैंकका अनुसार गैर संस्थापक शेयरधनीहरुबाट उल्लेखित कित्तामध्ये ४५ हजार ८५८ कित्ता शेयर खरीदका लागि आवेदन प्राप्त भएको छ । यो शेयर खरीदको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिने गरी बैंकले सूचना जारी गरेको हो ।