चलचित्र मेलाको शीर्ष गीत "परिचय पाउँ न" बारेमा पंगेनीको रिभ्यु । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चलचित्र मेलाको शीर्ष गीत “परिचय पाउँ न” बारेमा पंगेनीको रिभ्यु ।



फिल्म मेलाको यो गीत राम्रो छ,अत्यन्तै कर्णप्रिय छ।रामचन्द्र काफ्ले र अन्जु पन्त को स्वर र अर्जुन पोखरेलको सङ्गीत रहेको यो गीतमा स्वर र सङ्गीतको ट्युनको म्याचिङ गजप छ । तर यसको युट्युब भ्यु “कुटुमा कुटु” या “नसमाउ नाडीमा” जस्तो एक करोड त्यही समयमा अर्गानीक तरिकाले पुग्दैन/पुग्ने छैन ।

किनकि मेरो विचारमा युट्युबमा जाने भनेको “भ्यु” हो “लिसनिङ” राम्रो हुदैमा “भ्यु” गईहाल्छ भन्न सकिँदैन । कतिपय कर्णप्रिय गीत हरुको भिडियोकै कारण भ्यु नगएको प्रसस्तै उदाहरण हामी सँग छन् । गीत जति कर्णप्रिय छ भिडियो हेर्दा र त्यसको मेकीङले गीतलाई न्याय गरेन जस्तो लाग्यो ।

अर्को कुरा प्रियंका कार्की हरुको टिम या निश्चल हरुको टिमको जस्तो खोजी अरू कलाकारको त्यही अनुपात मा हुँदैन नेपाली युट्युब सञ्जालमा त्यसैले पनि त्यही रेसीयोमा यो गीतको भ्यु एक करोड जाँदैन ।

भिडियोमा दर्शकले क्लिक गरेपछि त्यहीँ भिडियो हेरेर दर्शक दृश्यमै अडिईरहनको लागी दृश्य हरू नै राम्रो हुनु पर्छ नत्र दर्शक अडीदैनन र पहिलो पटक ठिक समय न अडिएको दर्शकले अर्को पटक त्यो भिडियो पुन: क्लिक गरेर दोहोर्याएर हेर्दैन । यौटै दर्शकले पटक पटक दोहोर्याएर नहेरे सम्म नेपाली भिडियोको अर्गानीक भ्यु एक करोड पुग्न सक्दैन ।

यो भिडियो को अर्गानीक भ्यु एक करोड नपुग्ने कारण हरू:

१. भिडियोमा लिड रोल हेरेर कोही पनि दर्शक २ मिनेट अडीन सक्दैन ।
२. लिड रोल हिरोईन को “लुक्स” सेक्सी लाग्दैन र न पुर्णतया टिपीकल नै लाग्छ ।
३. मेकअप भद्दा लाग्यो ! बरु नेचुरल लुक्स झल्कने मेकअप हरुमा दर्शक बढी अडीन्छन यहाँ त्यसो हुन सकेन ।
४. अन्जु पन्तले जतिबेला “भुनभुनभुनभुन भमरा जस्तै” भनेर गाईरहदा गीत जति कर्णप्रिय लाग्छ (त्यहाँ एक किसिमको क्रिटीकल प्वाईन्ट अफ ईमोसन) भएको आभास हुन्छ त्यही बेलामा हिरोईनको अनुहारको क्लोजअप आउँछ जुन निकै जर्क युक्त छ कतै हेरीरहुँ जस्तो छैन । नृत्य जति राम्रो छ अनुहारको भंगीमा मिलाउन कतै प्रयास नगरेजस्तो लाग्यो ।
५. त्यो नृत्यमा आशिष्मा नकर्मी नाचेको भए अहिले भन्दा केही बढीनै भ्यु जाने मेरो आंकलन रह्यो ।
६.अलिकति हास्य रस या द्विअर्थी भाव भंगीमा झल्कीएका दृश्य हरू (कमेडी,सेक्सी) युट्युवमा बढी खोजिन्छन ती कुराहरूको अभाव देखियो ।

अन्त्यमा: अर्जुन पोखरेलको सङ्गीत अत्यन्तै कर्णप्रिय छ । सङ्गीतका हिसाबले गीत कालजयी छ यसमा दुईमत छैन । शब्दमा पनि पुराना गीतका टुक्का हरुको प्रयोग गरिएको छ काफ्ले ले गाउने अन्तरा “घिउ खाउली दुधैले चुठौली” स्यांग्जा तिर गाईने पुरानो रोईला गीतको टुक्का हो त्यसको मिठास बेग्लै छ । कोरीयोग्राफी बेजोड छ कुनै पनि विट लाई त्यसै छोडीएको छैन । हरेक तालमा मुभमेन्ट दिन सक्नु पनि चुनौतिपुर्ण काम हो त्यसमा कोरीयोग्राफर ले धेरै मेहनत गरेकीछन र धेरै सक्सेस पनि भएकी छन् ।

अर्को कुरा स्क्याण्डल रहित गीतको भ्यु उर्लेर जाँदैन ! चर्चाको लागी कुनै फण्डा नगरीएपछी एक महिना भित्र गीतको भ्यु २० लाख गयो भने राम्रो हो ।