जनतालाई जहिले सकस : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जनतालाई जहिले सकस : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक



भदौ २९, काठामाडौं-

ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ ।

ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन ।

अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्राधिकरणले तारलाई भूमिगत गर्ने क्रम शुरु गर्ने भएको छ ।