मेलम्चीमा अहिलेपनि खतराको संकेत, बाढीले पुल बगायो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेलम्चीमा अहिलेपनि खतराको संकेत, बाढीले पुल बगायो



काठमाडौं- अघिल्लो वर्ष बाढीले तहसनहस भएको मेलम्चीमा अहिलेपनि खतराको संकेत देखिएको छ ।

मेलम्ची खोलामा पानीको बहाव अत्यधिक बढेको छ । वर्षाको कारण मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा पनि क्षति पुगेको छ ।

निरन्तरको वर्षापछि आएको बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या परेको छ । मेलम्ची क्षेत्रका ६ वटा वडाका नागरिक प्रभावित भएको राससले जनाएको छ ।

अघिल्लो वर्षको असार १ गते आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो ।