मेरी बास्सैका कलाकार 'दारी बा' र 'मुलाको साग' माओबादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेरी बास्सैका कलाकार ‘दारी बा’ र ‘मुलाको साग’ माओबादी केन्द्रमा प्रवेश



काठमाडौं, फागुन २६ ।

कलाकार सुरवीर पण्डित अर्थात दारी बुढा माअोवादी केन्द्र प्रवेश गरेका छन् । उनी स‌ंगै कलाकार सुरेन्द्र केसी अर्थात मुलाकाे साग पनि माअोवादी केन्द्र प्रवेश गरेका छन् ।

हिजो एक कार्यक्रमबीच माअोवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गर्दै पण्डितले देश परिवर्तन माअोवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मात्र गर्न सक्ने बताए ।
यस्तै केसीले यो देशलाई निकास दिने पार्टी माअोवादी पार्टी भएको र अध्यक्ष प्रचण्डले मात्र देशलाई सही बाटोमा डोराउन सक्ने बताउँदै आँफुपनि माअोवादी पार्टीमा लागेर केही गर्न चाहेको बताए ।