नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई



मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका -९ मा जारी तेस्रो सेभेन ए साईड महिला खुल्ला तथा पुरुष नगर स्तरीय फुटबल प्रतियोगितामा पुरुष फुटबलको उपाधी आयोजक मसुरिया फुटबल एकेडेमीले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा वडा नं ७ लाई पराजित गर्दै
आयोजक एम.एफ.ए ले तेस्रो सेभेन ए पुरुष नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधी हात पारेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समयमा दुवै टिमबाट ३ /३ गोलले बराबरी भएपछि ट्राइबेकरमा मसुरीया फुटबल एकेडेमीले उपाधी चुमेको थियो । उपाधि जितेसंगै आयोजकले ३५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उप विजेता वडा नं. ७ ले नगद रु.१७ हजार , ट्रफी , मेडलमा चित्त बुझाएको छ ।

त्यसैगरी खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि दुर्गा लक्ष्मी मावि अत्तरियाले हात पारेको छ । आयोजक मसुरीया फुटबल एकेडेमीलाई ट्राइबेकरमा पराजित गर्दै दुर्गा लक्ष्मी मावि अत्तरियाले उपाधी हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको महिला फाईनल खेलमा निर्धारित समयमा गोल रहित बराबरीमा खेल सकिएपछि ट्राइबेकरमा पराजित गर्दै दुर्गा लक्ष्मी मा.वि.ले नगद २० हजार संगै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता आयोजकले १० हजार नगद प्राप्त गरेको छ । खुल्ला महिला सेभेन ए साईड प्रतियोगीतामा ८ टिम सहभागी रहेका थिए ।

मसुरिया फूटबल एकेडेमीको आयोजनामा यहि कार्तिक १३ गतेबाट संञ्चालन भएको तेस्रो सेभेन ए साईड महिला खुल्ला तथा पुरुष नगर स्तरीय फुटबल प्रतियोगिता १४ वटा टिमको सहभागीता रहेकोे थियो ।

मसुरिया फुटबल एकेडेमीका अध्यक्ष ध्वज बहादुर खातीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमममा राष्ट्रिय सभा सदस्य हरीराम चौधरी (उत्सव) ले विजयी टिमलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा गौरीगंगा नगपालिकाका नगर प्रमुख भिम बहादुर देउवा, वडा नं ९ का अध्यक्ष हरी प्रसाद तिवारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

मैत्रीपुर्ण खेलमा पत्रकार विजयी

तेस्रो सेभेन ए साईड महिला खुल्ला तथा पुरुष नगर स्तरीय फुटबल प्रतियोगिता अन्तरगत शनिबार मसुरिया बजारका ब्यापारी र पत्रकारहरु बिच सम्पन्न भएको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टिम विजयी भएको छ ।

मैत्रीपुर्ण खेलमा मसुरिया बजारका ब्यापारीलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै पत्रकारको टिम विजयी भएको हो । जितका लागि पत्रकारको तर्फबाट भानुभक्त आचार्यले ह्याटि्रक गरेका थिए भने प्रकाश मिश्रले दुई , विशाल पाण्डेय र ईश्वर जैशिले समान एक / एक गोल गरेका थिए । साथै व्यापारीको तर्फबाट नारायण शर्माले एक गोल गरेका थिए ।