इरानमा मन्त्रीलाई नै कोरोना संक्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इरानमा मन्त्रीलाई नै कोरोना संक्रमण



काठमाण्डौ- इरानमा सरकारका मन्त्रीलाई नै कोरोना संक्रमण भएको छ।

उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।

मन्त्रालयका एक अधिकारीले पनि मङ्गलबार उप-स्वास्थ्यमन्त्रीलाई काेराेना भाइरसकाे सङ्क्रमणकाे पुष्टि भएकाे जानकारी गराएका हुन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए ।

इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले पनि ट्वीट गर्दै स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको जानकारी गराएका छन् ।

उनले ट्वीटमा भने छन्,‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप-स्वास्थ्यमन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक-पटक खोक्नुभएको थियो ।

उहाँलाई देखिएको लक्षणको आधारमा अस्पताल पुर्याएर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो । उहाँलाई अस्पताल भर्ना गरी उपचार सुरू गरिएको वाहबजादेहले बताएका छन् ।