मोर्डन ईराले गर्यो दिल्ली-बाग्लुङका लागि बस संचालन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोर्डन ईराले गर्यो दिल्ली-बाग्लुङका लागि बस संचालन



नेपालको पर्यटकीय सहर पोखरा देखि दिल्ली तथा दिल्लीदेखि पोखरासम्म बस यातायात व्यबसायीको रुपमा काम गरीरहेको मोर्डन ईरा टुर एण्ड ट्रावल्सले बाग्लुङ- दिल्ली एवंम  दिल्ली-बाग्लुङका लागि बस  आज  एक  समारोह गरि  संचालनमा ल्याएको छ ।

बाग्लुङदेखि नयाँ दिल्लीको बरफखाना सम्म र बरफखानादेखि धौलागिरी अंचलको सदरमुकाम बाग्लुङ बजारसम्म गाडीहरु कुदाउन थालेको आज पहिलो दिन ४० सिटर बसमा ३९ जना यात्रु भरेर दिल्लीबाट पठाउन सफल भएका हुन ।

मोर्डन ईरा संयोजक दलिप पौडेल भन्छन  “संचालन गर्दै आएको जहाँगिरपुरीस्थित अफिस प्रधान कार्यालयको हुने र  बरफखानाको कार्यालय शाखाको रुपमा रहनेछ” ।

जहाँगिरपुरीको कार्यालय संयोजक दलिप पौडेल, नेपाल भारत मैत्री यातायात सम्बद्ध आनन्द विहारको संयोजक कृष्णराज गैरे र बरफखानास्थित अफिसको संयोजक टोप प्रसाद डुम्रे रहेर काम गर्ने संरचना बनाएका छौ ।हामी प्रफुल्लित छौ सबैको माया ममताले मोर्डन इराकै कृष्ण गैरे बताउछन ।

कार्यालय उद्घाटनमा सरिक हुन व्यबसायीक तवरमा दिल्लीमा कार्यरत एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका का. बा. अध्यक्ष शेखर कुँवरले रीबन काटेर उद्घाटन गरेका थिए ।

उदघाटनमा चेम्बरका महासचिव युबराज बराल, प्रवासी नेपाली संघ एन. बि. थापा दिल्ली राज्य समिति अध्यक्ष, गुरुंग सेवा समिति सँस्थापक अध्यक्ष एवं सल्लाहकार रन ब. गुरुंग र नेपाल आवाज पत्रिका संचालन समितिका अध्यक्ष देबेन्द्र कुँवरको सहभागीता रहेको थियो ।

चालक जीवन भुजेल, सह चालक राम थापा, रात्रीको चालक शेर ब. वानिया सहित दिल्ली बरफखानाबाट बाग्लुङका लागि गाडी छुटेको छ ।