मोदीले पठाए सी जिनपिङलाइ पत्र दुखको घडीमा हामी साथमा छौँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोदीले पठाए सी जिनपिङलाइ पत्र दुखको घडीमा हामी साथमा छौँ



नएजेन्सी- चीनले अहिले नोवल कोरोनाको प्रकोपको सामना गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको कोरोना प्रकोपको सामना गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ नागरिकसँग एक्यबद्धता व्यक्त गरेका छन् ।

चीनमा कोरोना भाइरसका कारण ९०० भन्दा बढीको ज्यान गइसकेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले एक पत्र लेख्दै कोरोनाको प्रकोपबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन् । प्रधानमन्त्री मोदीले पत्रमार्फत उक्त प्रकोपविरुद्धको लडाइँका लागि सहयोगको प्रस्ताव गरेका छन् ।

मोदीले दुखको घडीमा आफूहरू साथमा रहेको बताएका छन् भने । आवस्यक परेको खण्डमा जस्तो सहयोग गर्न पनि पछी नपर्ने बताएका छन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको हुबेइ प्रान्तबाट भारतीयको उद्धारका लागि चीन सरकारले गरेको सहयोगको प्रशंसा गरेका छन्,” स्रोतले बताएको छ ।

चीनले सन् २००२-००३ को सार्सको भन्दा पनि ठूलो क्षति व्यहोर्नु परेको छ । विभिन्‍न मुलुकले चीनको वुहानबाट आफ्ना नागरिकलाई फिर्ता गरेसँगै भारतले पनि वुहानबाट आफ्ना ६४७ जनाको उद्धार गरेर भारत फिर्ता ल्याइसकेको छ ।

सन् २९६२ देखि सीमा विवादका कारण चीन-भारत सम्बन्धमा केही दरारहरु कायमै छन् । तर, पनि आपसी हितका विषयमा भने दुबै मुलुकले सहयोग आदानप्रदान गर्ने गरेका छन् ।

अहिले पनि भारतले चीनलाई कोरोको सामनाका लागि सहयोगको प्रस्ताव गरेको हो । कोरोना विश्वभरका २७ मुलुकमा फैलिइसकेको छ ।

भारतले चिनियाँ नागरिकका लागि सम्पूर्ण भिसा र ई-भिसाहरुमा रोक लगाएको छ । तर, उक्त प्रावधान हङकङबासीका लागि भने लागु नहुने भारतीय श्रोतले जनाएको छ ।

यसअघि भारतीय विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता रविश कुमारले कोरोना नियन्त्रणका लागि चीनले सम्पूर्ण प्रयत्‍नहरु गरिरहेको तर, आवश्यक परे भारत सहयोगका लागि तयार रहेको बताएका थिए ।