प्रियंकाले लगाइन मोदी सरकारलाई गम्भीर आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रियंकाले लगाइन मोदी सरकारलाई गम्भीर आरोप



काठमाडौं – भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीलाई श्रीनगर एयरपोर्टबाट फर्काइएको एक दिनपछि महासचिव प्रियंका गान्धीले केन्द्र सरकारको कडा आलोचना गरेकी छन् । काश्मीरमा लगाइएको प्रतिबन्धको विरोध गर्दै उनले केन्द्र सरकारले घाटी क्षेत्रका नागरिकको आवाज बन्द गराएको आरोप लगाइन् । महासचिव प्रियंकाले केन्द्र सरकारको कदमलाई ‘राष्ट्र विरोधी’ को संज्ञा दिइन् ।

उनले आइतबार ट्विटरमा एक भिडियो क्लीप रि–ट्विट गरेकी छन् । भिडियोमा एक काश्मीरी महिला श्रीनगरमा विमानभित्र राहुल गान्धीसँग केन्द्र सरकारले जम्मु काश्मिरमा लगाएको प्रतिवन्धका कारण आम नागरिकले भोग्नु परेको असहजताका बारेमा गुनासो गरिरहेको देखिन्छ ।

प्रियंकाले ट्विट गरेकी छन्, “यस्तो कहिलेसम्म चल्छ ? यि महिला लाखौं मानिस मध्येकी एक हुन् । जसको आवाज ‘राष्ट्रभक्ति’ को नाममा दबाइएको छ । सबै अधिकार रोक्नु भन्दा ठूलो ‘राजनीति’ र ‘राष्ट्र विरोधी’ हुन सक्दैन, जो आज काश्मीरमा भइरहेको छ । यसका विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो । आवाज उठाउनका लागि हामी चुप बस्दैनौं ।”