ट्रम्पले भने: छिमेकीहरूले सीमा विवाद निकालेर मोदीको मूड बिगारे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ट्रम्पले भने: छिमेकीहरूले सीमा विवाद निकालेर मोदीको मूड बिगारे



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन सम्बन्ध बिग्रिएपछि मोदीलाई फकाउने रणनीति अपनाएका छन् । उनले सीमा विवाद उचालेर छिमेकी चीन लगायतका देशहरूले मोदीको मूड बिगारेको टिप्पणी गरेका छन् ।

पटक पटक मध्यस्थता गर्न तयार रहेको बताएका ट्रम्पले छिमेकी देशहरूसंगको सीमा विवाद सुल्झाउन आफूले पहल गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’

ट्रम्पले सीमा विवाद उचालिएकै कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको बताएका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थताका लागि अमेरिका तयार रहेको पटक पटक बताएका छन् ।

चीनसँगको सीमा विवादबारे भारतका प्रधानमनत्रीसँग आफूले कुरा गरेको ट्रम्ले बताए । ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका हुन् ।

ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उनको मुड ठीक छैन ।’

गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ ।