मोना-कतार मार्फत राष्ट्रिय कलाकारहरू सम्मानित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोना-कतार मार्फत राष्ट्रिय कलाकारहरू सम्मानित



दोहा कतार

“प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा लिएर खाडी राष्ट्रअन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत राष्ट्रिय कलाकारहरू सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा विश्वकर्मा बाबाको पूजा तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१७ का लागि कतार आएका कलाकारहरू सम्मानित भएका हुन।

दोहा सहरको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा सम्पन्न अन्तरक्रिया तथा सम्मान कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका क्षेत्रीय सचिव रेसम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।उपाध्यक्ष चित्र बहादुर चोखालको स्वागत मन्तव्य सँगै अघि बढेको कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष प्रेम रसाइली,सरक्षक विक्रम कार्की ,प्रमुख सल्लाहकार किरण शाही , प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल , वसन्त फिल्मस् प्रालि अनामनगर काठमाडौँ कतारका ब्यबस्थापक शरद कुमार पाण्डे , पाल्पाली सेवा समाज कतारका अध्यक्ष ईश्वर काफ्ले,बाके प्रवासी सेवा समाज कतारका महासचिव श्याम कुमार डी.सी., विश्वकर्मा सेवा समाजका महासचिव कृष्ण गदाल र सल्लाहकार नबराज बिक ,अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परिवार लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ , समाजसेवी कृष्ण बराल लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहनु भएको थियो ।

म्याग्देली तथा गैर म्याग्देलीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बोल्ने अधिकाम्सले मोना कतारले गरेको सम्मान कार्यक्रमको उच्च प्रशंसा गरेका थिए भने कलाकार राष्ट्रको गहना भएको हुँदा कहिले पनि कहीँ पनि विचलित नभै सधैँ कलाकारिता पेसामा लाग्न अनुरोध गर्दै साङ्गीतिक यात्रामा सफलताको शुभकामना दिएका थिए।

मन्तव्यकै क्रममा सस्थाका सस्थापक अध्यक्षले सस्थाका बारेमा प्रस्ट पार्दै आफूहरू दोस्रो विश्व सम्मेलनको तयारीमा रहेको र मोना विश्वका २४ ओटा देशमा बिस्तार भई सकेको जानकारी दिँदै थप बिस्तार हुने क्रम पनि निरन्तर रहेको जानकारी दिनु भयो । सम्मान ग्रहण गरी सके पछि पछि बोल्दै गायक तथा सर्जक द्धयले मोना कतार के रैछ र कस्तो रैछ भन्ने कुरा यस भन्दा पहिले सामाजिक सञ्जाल तथा मिडियामा देखे पनि अहिले आफै त्यस सस्थाबाट सम्मानित हुन् पाउँदा गर्व लागेको र यसलाई नजिक बाट चिन्ने मौका मिलेको भन्दै हार्दिक आभार समेत प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शाहीले आफनै गाउँ घर वारि पारी छिमेकीको रूपमा रहेका ब्यतिगत रूपमा आफूले अत्यन्तै सम्मान गर्नु पर्ने व्यक्तित्व द्धय बराइली तथा बिस्वकर्मालाइ प्रवासमा आफू नै प्रमुख अथिति रहेर सम्मान गर्न पाउँदा आफूलाई कता कता सपना जस्तो लागि रहेको भन्दै बाकी जीवन सफलताको शुभकामना दिए ।

मोना कतारका वरिष्ठ उपाध्यक्ष तथा साङ्गीतिक विभाग संयोजक तिलु शर्मा पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले हामीलाई यो अवसर जुराइदिनु भएकोमा विश्वकर्मा समाज कतारलाइ हृदय देखि धन्यवाद दिँदै साङ्गीतिक प्रस्तुतिका लागि कतार सम्म पाल्नु भएका कलाकार ज्युहरुको बाकी कतार बसाइ सुखमय होस् भन्दै साङ्गीतिक का साथै व्यक्तिगत जीवनमा सधैँ सफलताले पछाईरहोस भनी शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन  गर्नु भएको थियो ।