अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेन



 

भदौ १८, बुटवल-

लगातारको बर्षाले खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन ।

सडकखण्ड अन्तर्गतका कालीखोला, मुग्लिनको मुख, चारकिलो भालुढुङ्गा, जलबिरे र चोरखोला लगायतका स्थानमा पहिरो खसेपछि सडक हिजैबाट अवरुद्ध भएको हो । बिहानैदेखिपहिरो पन्छाउने कार्य जारी रहेको मुग्लिन नारायणगढ सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको खनालले बताउनुभयो । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् । यसैबीच निरन्तरको बर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि अवरुद्ध छ । राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर लगेर बाटो पन्छाउने काम शुरु गरेको प्रहरीले जनाएको छ ।