शपथ ग्रहण लगत्तै सभामुख सापकोटाले एमसीसीबारे मुख खोले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शपथ ग्रहण लगत्तै सभामुख सापकोटाले एमसीसीबारे मुख खोले



काठमाडौं- शपथ ग्रहण लगत्तै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीबारे मुख खोलेका छन् ।

सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्‍यो र ।’

एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरेका छन् ।

सापकोटा सभामुख भएपछि काङ्ग्रेस भने उनि महराकै लाइनमा उभिने हुन् कि भन्ने शंकामा छ ।