मुख्यसचिवका सातबुँदे ‘फ्रेमवर्क' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुख्यसचिवका सातबुँदे ‘फ्रेमवर्क’



काठमाडौं-

आगामी तीन वर्षका लागि ८६ हजार कर्मचारीको नेतृत्व सम्हाल्न आइपुगेका मुख्यसचिव लोकदर्शन रेग्मीले निजामती सेवालाई रोलमोडलको रूपमा स्थापित गराउने लक्ष्यसहितको सातबुँदे ‘फ्रेमवर्क’ तयार पारेका छन् ।

कर्मचारीवर्गलाई देश र जनताप्रति उत्तरदायी बनाई आर्थिक र सामाजिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गरेपछि अन्नपूर्णसँग विशेष कुराकानी गर्दै मुख्यसचिव रेग्मीले निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन फेमवर्क तयार पारेको दाबी गरे।

मुख्यसचिवको ‘फ्रेमवर्क’
– आर्थिक र सामाजिक रूपान्तरणमार्फत समृद्धि हासिल गर्ने
– निजामती क्षेत्रलाई सभ्य बनाउने
– सुशासन स्थापित गर्न कानुनी शासनमा जोड दिने
– निजामती सेवामा सिस्टम विकास गराउने
– प्रमुख निकायबीच सौहाद्र्रपूर्ण सम्बन्ध स्थापित गर्ने
– नवप्रबद्र्धनात्मक र सिर्जनशील कार्यशैली अवलम्बन गर्ने
– दिगो र निरन्तरतासहितको सुधार प्रणालीलाई मजबुत बनाउने