मुक्त कमलरी महिलालाई विद्युतिय चुलो वितरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुक्त कमलरी महिलालाई विद्युतिय चुलो वितरण



विशाल पाण्डेय / सुखड,कैलाली –
कैलालीको विभिन्न स्थानीय तहमा रहेका मुक्त कमलरी महिलाहरुलाई विद्युतिय चुल्हो वितरण गरिएको छ । यु एन वमन र ओरेक नेपालको आर्थिक सहयोगमा सोमबार कैलालीको चार स्थानीय तहमा रहेका मुक्त कमलरी महिलालाई विद्युतिय चुलो वितरण गरिएको हो ।

जिल्लाको घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका ,भजनी नगरपालिका र कैलारी गाउँकामा रहेका मुक्त कमलरी महिलालाई विद्युतिय चुलोसहित पकाउने भाडा वितरण गरिएको ओरेक नेपालकि जिल्ला संयोजक बिनु रानाले जानकारी दिइन । बन्दाबन्दीमा सहयोग स्वरुप केही राहत पुगोस भन्ने उदेश्यले स्थानीय तहको समन्वयमा मुक्त कमलरी महिलालाई चुलो सहयोग गरिएको बताइन् ।

ओरेक नेपालकि घोडाघोडी नगरपालिका संयोजक प्रिति चौधरीले घोडाघोडी नगरपालिकामा १० जना मुक्त कमलरी महिला ,गौरीगंगामा १० जना, भजनी नगरपालिकामा १० जना र कैलारी गाउपालिकामा ३० जना गरि ६० जना महिलाहरुलाई विद्युतिय चुलो र पकाउने भाडा वितरण गरिएको जानकारी दिइन् ।