काठमाडौं जेसिजको अध्यक्षमा मुकुन्द दाहाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौं जेसिजको अध्यक्षमा मुकुन्द दाहाल



काठमाडौं । काठमाडौं जेसीजको अध्यक्षमा मुकुन्द दाहाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न काठमाडौं जेसीजको ३७ औं अधिवेशन तथा ४९ औं साधारणसभाबाट अध्यक्षमा दाहाल सर्वसम्मत चुनिएका हुन् ।

अध्यक्षका प्रत्याशी पारस पोखरेलले काठमाडौं जेसीजलाई एकताबद्ध बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएर दाहाललाई समर्थन गरेका थिए । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार र रफी भण्डारी, उपाध्यक्षहरुमा ध्रुव तिवारी, निरोज खतिवडा, नारायण आचार्य र हेम भण्डारी सर्वसम्मत चयन भएका छन् । वर्ष २०२० का लागि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित अध्यक्ष दाहालले काठमाडौं जेसीजको गरिमालाई उचो राख्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले वर्ष २०२० का लागि विधान अनुसारको मनोनयन पनि गरेका छन् ।

जसअनुसार महासचिवमा रामराज ओझा, कोषाध्यक्षमा श्याम घिमिरे, सह कोषाध्यक्षमा रामेश्वर सिंखडा र सहसचिवमा कैलाश पोखरेल मनोनित भएका छन्। यस्तै, कार्यकारिणी उपाध्यक्षमा करुणा थापा र उपाध्यक्षहरुमा रितिका खरेल र प्रतिकमान सिंग्दन मनोनित गरेका छन् । वर्ष २०२० को कानुनी सल्लाहकारमा भने कैलाश श्रेष्ठ मनोनित भएका छन् ।

वर्ष २०१९ का अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले नवनिर्वाचित समितिले काठमाडौं जेसीजको गरिमालाई नयाँ उचाईमा पु-याउने विश्वास व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन् । काठमाडौं जेसीजले यही वर्ष आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाएको थियो ।