म्यानमारमा सैनिकको क्रूरताः एकै दिन ११४ भन्दा बढी मारिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

म्यानमारमा सैनिकको क्रूरताः एकै दिन ११४ भन्दा बढी मारिए



एजेन्सी- म्यानमारमा सैनिक सत्ता विरुद्धको प्रदर्शनमाथि सुरक्षाकर्मीको बल प्रयोग बढ्दै जाँदा शनिबार एकै दिन कम्तीमा ११४ जनाको ज्यान गएको छ ।

प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकै दिन बालबालिकासहित ११४ जना भन्दा बढिको ज्यान गएको हो ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो ।

निरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् ।

म्यानमारको मध्य क्षेत्रको शहर मिइङ्गयानका बासिन्दा थु या जावले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘उनीहरुले हामीलाई चरा वा कुखुरा जसरी मारिरहेका छन् । हामी घरमै हुँदा पनि मारिरहेका छन् । तर हामीले प्रदर्शन जारी राख्ने छौँ ।’

म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले सैनिक दिवसको अवसरमा गरेको सम्बोधनको क्रममा शनिबार प्रजातन्त्र पुनर्स्थापित गर्ने वाचा गरेका थिए । तर उनले चेतावनी दिँदै प्रदर्शनकारीलाई अस्वीकार गर्ने बताएका थिए ।

सोही दिन ठूलो संख्यामा प्रदर्शनकारीको हत्या भएको हो ।

अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् ।

एएपिपीका अनुसार ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ । म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या ४०० नाखेको छ ।