नविना लामाको धम्की: योगेश भट्टराईको विरुद्धमा बोल्नेलाई छोडिन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नविना लामाको धम्की: योगेश भट्टराईको विरुद्धमा बोल्नेलाई छोडिन्न



काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराईको बारेमा अनेक खाले काण्ड बाहिर आएपछि उनी आलोचनाको केन्द्रमा छन् । बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मुछिएपछि उनको सत्तोसराप गरिएको छ ।

भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री आलेले भत्काइदिएपछि भट्टराई पनि दिनकै बोली फार्दै हिंडिरहेका छन् । अहिले अधिकांश मिडियाले नारायणहिटी र धर्मशाला प्रकरण र पूर्वमन्त्री भट्टराईलाई प्राथमिकतामा राखेर समाचार बनाइरहेका छन् ।

त्यतिमात्र होइन सामाजिक सञ्जालमा पनि भट्टराईको चर्को आलोचना गर्ने धेरै छन् । तर एमालेका केहि नेताहरूले भने योगेशलाई बचाउने कोशिश गरेका छन् । यसै सन्दर्भमा नेकपा (एमाले)की सासद नवीना लामाले योगेश भट्टराईको बचाउ गर्दै योगेशको विरोधमा बोल्न नपाइने आशयको तर्क गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले धम्कीको भाषा प्रयोग गर्दै भट्टराईमाथि आरोप लगाउन छुट नभएको बताएकी छिन् ।

उनले हाम्रो नेतामाथि आरोप लगाउन कुनै माइकालाललाई छुट नभएको भन्दै विरोध गर्नेहरू होसियार भएको राम्रो हुने धम्की दिएकी छन् ।

‘सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आरोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले फेसबुकमा लेखेकी छिन् । त्यतिमात्रै होइन लामाले नेता भट्टराईसँग इतिहासको विरासत भएको दाबी गरेकी छिन् । उनले भट्टराईविरुद्ध चुरीफुरी गर्ने र जिस्किनेहरू सिद्धिने दाबी गरेकी छिन् ।

‘क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ’, उनले लेखेकी छिन् ।

यस्तो छ लामाको अभिव्यक्ति

सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आरोप लगाउन कुनै माइकालाललाई छुट छैन । माननीय योगेश भटराईसँग इतिहासको विरासत छ । क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ ।