कैलालीमा नदिले बगाउँदा एकको मृत्यु, एकको उद्धार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कैलालीमा नदिले बगाउँदा एकको मृत्यु, एकको उद्धार



हिमाल पोस्ट / घोडाघोडी ।
कैलालीको बर्दगोरिया गाँउपालिका क्षेत्रमा पर्ने काडा नदिले बगाउदा बिहिबार एक जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेमा बर्दगोरिया गाँउपालिका वडा नम्बर ६ का १९ बर्षिया बिशेष डगौरा रहेको ईलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ ।

वडा नम्बर ६ को सुगरखालमा रहेको रामजानकी सामुदायिक वनमा च्याउ खोज्न गएका डगौरा घर फर्किदा नदि तर्ने क्रममा बगेर बेपत्ता भएका थिए । प्रहरी, जनप्रतिनिधी र स्थानीयहरुको संयुक्त टोलिले दिन भरी नै खोजिकार्य जारी राखेका थिए । बेपत्ता भएका डगौंराको शव करिव ७ घण्टा पछि जोशीपुर गाँउपालिकाको वडा नम्बर २ मा पर्ने घुस्री घाटमा फेला परेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरिक्षक धुर्व बहादुर बिष्टले जानकारी दिए ।

यस्तै बिहिबार नै बर्र्दगोरिया गाँउपाकिाको वडा नम्बर १ कट्टीपुरमा पनि सोही नदिले एक जनालाई बगाएको छ । नदीमा बगेको दाउरा तान्ने क्रममा स्थानीय बिष्णु बहादुर बमलाई नदिले बगाएको थियो । स्थानीयको सक्रियतामा करिव १ किलो मिटरको दुरिबाट उनको जिवितै उद्धार गरि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।