५०० जनाबाट नागरिकता फिर्ता - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

५०० जनाबाट नागरिकता फिर्ता



हिमाल पोष्ट / बझाङ, १५ मङ्सिर । छुट्टै गाउँपालिकाको माग गर्दै काँडा गाविसका स्थानीयबासिन्दाले स्थानीय विकास अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा नागरिकता फिर्ता गरेका छन् ।

भौगोलिक रुपमा विकट काँडा गाविस देशकै सबैभन्दा ठूलो गाविस भएकाले छुट्टै गाउँपालिका बनाइनुपर्ने माग गर्दै उनीहरु चार महिनादेखि आन्दोलित हुँदै आएका थिए ।

सरकारले आफूहरुलाई नागरिकताको प्रमाणपत्रबाहेक अन्य कुनै पनि सेवा सुविधा नदिएको र देशकै सबैभन्दा ठूलो गाविसलाई छुट्टै गाउँपालिका सिफारिस गर्न माग गरे पनि कुनै सुनुवाइ नभएपछि सामूहिक रुपमा नागरिकता फिर्ता गरिएको काँडा गाविसका पूर्वअध्यक्ष रणबहादुर बोहोराले बताउनुभयो । उनीहरुले पहिलो चरणमा ५१५ थान नागरिकताको प्रमाणपत्र फिर्ता गरेका हुन् ।

“हाम्रो चालचलन रीतिरिवाज र भाषा अन्य गाविसको भन्दा फरक छ, भौगालिक बनोट पनि धेरै ठूलो र विकट छ, छिमेकी गाविससँग मिलाउँदा काँडावासी अधिकारविहीन हुने भएकाले छुट्टै गाउँपालिका माग गरेको हौँ”–काँडा–७ धुलीकी डोल्मा तामाङले भन्नुभयो ।

काँडावासीका प्रदर्शनका कारण आज चार घन्टा जिल्ला विकास समितिको कामकाज प्रभावित भयो । विरोध प्रदर्शनमा उत्रेका उनीहरुले प्रहरीमाथि पनि पानीको बोतल र ढुङ्गा प्रहार गरेका थिए ।

यता स्थानीय विकास अधिकारी प्रमोद सिङ्खडाले काँडा गाविसलाई आफूले भनेर छुट्टै गाउँपालिका बनाउन नसकिने प्रतिक्रिया दिनुभयो । रासस