नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ



कैलाली- सरकारी छाप किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाललाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएका थिए । २०७३ साल मंसिर ३० गतेको जिल्ला अदालत बर्दियाको फैसलाले उनलाई ३ वर्ष ५ महिना कैद तोकेको थियो ।

फरार रहेका उनी आफ्नै घरमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी पक्राउ गरी सोमबार नै आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।