मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो : डा. भट्टराई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो : डा. भट्टराई



असोज ८, गोरखा-

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने तयारी थालेका छन् । शुक्रबार र शनिबार पार्टी कार्यकर्तालाई प्रशिक्षण र निर्वाचन अभियान सम्पर्क कार्यालय स्थापना गर्दै भट्टराई चुनावमा होमिएका हुन् । प्रनिनिधि सभा निर्वाचनका लागि गोरखा नगरपालिका–१० छेवेटारमा निर्वाचन अभियानका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

‘जनताको सेवा वाहेक कुनै लक्ष्य राखिन,’ भट्टराईले भने ‘म अर्थमन्त्री र प्रधानमन्त्री हुँदा विकासको आधारभूत पुर्वाधार निर्माण गरेको छु, अव त्यसलाई पूर्णता दिन एकचोटी अवसर दिनुस्,’ उनले भने ।

पहिले संविधान सभामा दुई नम्वर क्षेत्र, दोस्रोमा १ नम्वर क्षेत्र र आगामी निर्वाचन ३ नम्वर क्षेत्रबाट लडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आफ्नो सोच भएपनि क्षेत्र निर्धारणसँगै तिन वटै क्षेत्रको भुभाग मिलेर वनेको २ नम्वर बाट चुनाव लड्न लागेको भट्टराइले बताए । ‘समग्र गोरखाको प्रनितिधित्व हुन्छ भनेर क्षेत्र नम्वर २ बाट चुनाव लड्न लागेको हुँ,’ उनले भने । अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गरेको सकरात्मक कामको आधारमा मत माग्ने भट्टराईले स्पष्ट पारे ।

छोटो अवधिमा आर्थिक क्रान्ति गर्नका लागि संविधान कार्यान्वयन पनि भइरहेको उनको भनाइ छ । आसन्न चुनवामा देशभर आफ्नो पार्टीका उमेदवार उठाउने संयोजक डा. भट्टराईले जानकारी दिए ।

 

स्कुले साथीलाई सम्झदै प्रचण्डलाई जवाफ

केहि दिन अघि पार्टी प्रशिक्षणमा गोरखा आएका माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले माक्र्सवाद छाडेका भट्टराईलाई हराउन माक्र्सवादी विचार वोकेका जुझारु ब्याक्तिलाई उठाउने भन्दै धुमाउरो शैलीमा नारायणकाजी श्रेष्ठ लाई क्षेत्र नम्वर २ मा बावुरामसँग उठाउने बताएका थिए । प्रचण्डको सोही भनाइको बाबुरामले गोरखाबाटै जवाफ फर्काएका छन् । ‘म अरुलाई हराउन होइन आफू जित्न चुनाव लड्न लागेको हुँ,’

संयोजक डा. भट्टराइले भने,‘प्रचण्डले मलाई हराउनुपर्छ भनेको सुनेँ, म उहाँलाई जवाफ दिन्छु मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो ।’

राम्रो प्रतिस्पर्धि भए क्षमता अभिबृद्धि हुने भन्दै भट्टराईले स्कुले जीवनका पूराना दौतरी उपेन्द्र देवकोटालाई सम्झिदै भने,‘ म विद्यालय तहमा हुँदा अहिलेको वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा दोस्रो म पहिलो थिएँ, उहाँ पहिलो हुने हो की भनेर म मेहनत गर्थे उहाँ पहिलो हुन मेहनेत गर्नुहुन्थ्यो, एसएलसीमा म वोर्ड फस्ट भए । उहाँको पनि राम्रो अंक आयो,’ भट्टराईले भने ।

आफूले उठाएको प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको पक्षमा प्रचण्ड पनि उभिएकोमा उनले प्रचण्डालाई धन्यवाद दिए । ‘मैले उठाएको मुद्धामा समर्थन गर्नुभयो धन्यवाद, फेरी कैले छाड्नुहुन्छ उहाँको ठेगान चाँहि हुँदैन,’ उनले भने ।