नयाँ शक्ति छाड्ने मनसायमा बाबुराम भट्टराई ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ शक्ति छाड्ने मनसायमा बाबुराम भट्टराई !



काठमाडौं, असार १९ – आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् ।

आजको साँघु पत्रिका लेख्छ – स्थानीय तहको निर्वाचनमा जनमतको परिणामले गर्दा बाबुरामले पार्टीका नेताहरुसंग अनपेक्षित प्रस्ताव गरेका छन् ।

स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् । नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले उनीभन्दा तल्लो तहका नेतालाई बोलाएर केहि दिन अघि मात्र नेतृत्व लीइदिन आग्रह गरेका थिए । माओबादी पृष्ठभूमिका दुई नेता देबेन्द्र पौडेल र गंगा नारायण श्रेष्ठलाई भट्टराईले यस्तो आग्रह गरेको चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ ।

नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले पौडेल र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी नेतृत्व लिईदिन आग्रह गरेका हुन्बा। बुरामले ६ महिना युरोपको विकास मोडल अध्ययनका लागि आफुलाई समय चहिएको भन्दै पार्टीका नेताहरुसंग यस्तो आग्रह गरेको बताईन्छ ।