नयाँ शक्तिद्वारा भारतको नयाँ दिल्लीबाट प्रतक्ष्य निर्वाचित कार्यकारीको लागि हस्ताक्षर अभियान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ शक्तिद्वारा भारतको नयाँ दिल्लीबाट प्रतक्ष्य निर्वाचित कार्यकारीको लागि हस्ताक्षर अभियान



हिमाल पोस्ट /नयाँ दिल्ली माघ १० 

नयाँ शक्ति नेपाल निकट अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतले गत डिसेम्बर महिनाको १० तारिकका दिन सुरु गरेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको माग राख्दै दवाब मुलक हस्ताक्षर अभियानलाई निरन्तरता दिंदै आईतबार हस्ताक्षर संकलन अभियान तथा निरन्तर भेलाको आयोजना गरेको गरेको थियो । संघका संयोजक बादल बस्नेतको सभापतित्व, नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य कृष्ण राज गैरे र अन्तरास्ट्रिय नेपाली समाज भारत संयुक्त दिल्ली राज्य समिति संयोजक रमेश शर्माको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा भारतमा रहेर सिए र अन्य बिषय अध्ययन गर्ने विद्यार्थीहरुको उत्साह जनक उपस्थिति रहेको थियो।

संघका संस्थापक सदस्य तथा नयाँ शक्ति नेपालका सक्रिय अभियन्ता राजु भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरुले प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको खुलेर समर्थन गर्नुका साथै यसलाई अझै ब्यापक रुपमा भारत भरिनै अभियान चलाउनु पर्नेमा पनि जोड दिएका थिए।

कार्यक्रममा बोल्दै संघका संयोजक बादल बस्नेत ” देशमा जनताले ठुला ठुला परिवर्तन ल्याए तर अझै पनि जनताले खोजेको जस्तो ससकिय प्रणाली देशमा आएको छैन। जनताले देशमा फू गर्दा ढल्ने सरकार होइन लू लाग्दा पनि नढल्ने सरकारको अपेक्षा गरेका छन् र त्यो मात्र सम्भव छ प्रत्यक्ष्य  निर्वाचित कार्यकारी प्रणालीबाट “बताएका थिए । संबिधान बनाउनु पुर्व देशका प्रमुख दलका नेताहरुले जनताबाट सुझाव बटुलेको नाटक मात्र गरे तर अधिकांस जनताको माग रहेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको एजेण्डा भने च्यातेर रद्दीको टोकरीमा मिल्काए र जनभावना बिपरित फेरी पनि संसदीय प्रणाली लादे भन्दै आक्रोश पनि पोखे।

हिमाल पोस्ट संग कुरा गर्दै संयोजक बस्नेतले भने नयाँ शक्ति नेपालले नेपालमा दवाब मुलक हस्ताक्षर अभियान चलाइरहेको छ र हामीले पनि भारत प्रवासबाट अभियानमा हातमा हात मिलाउदै छौँ।माघ महिना भित्र नै अन्तरास्ट्रिय नेपाली समाज र अन्य संघ संस्थाहरु संग सहकार्य गर्दै भारतका हरेक राज्य पुगेर एक लाख भन्दा बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पनि बताए ।