नयाँ शक्तिले खाता खोल्यो, छिन्नमस्ता गाउँपलिकाबाट - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नयाँ शक्तिले खाता खोल्यो, छिन्नमस्ता गाउँपलिकाबाट



७ असोज, सप्तरी ।

नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उसले जित निकालेको हो ।

शनिबार बिहान सार्वजनिक परिणाम अनुसार, छिन्नमस्ता गाउँपलिकाको प्रमुखमा नयाँ शक्तिका उम्मेदबार सुर्यनारायण मण्डल ‘कुरुड’ निर्वाचित भएका छन् । उनी २८०५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार विमला देवी १३८५ मतमा रोकिइन् ।

यस्तै उप मेयरमा राजपाका उम्मेदवार उषा मण्डल निर्वाचित भएकी छन् । उषाले १७१० मत पाउँदा नयाँ शक्तिकी प्रमिलाले १५८० मत मात्रै पाइन् ।