अर्घाखाँचीको पाली गा.बि.समा नयाँ शक्तिको गाउँ भेला सम्पन्न - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अर्घाखाँचीको पाली गा.बि.समा नयाँ शक्तिको गाउँ भेला सम्पन्न



हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७ 

अर्घाखाँचीको पाली गा. बि. स वडा न. ९ बलेबाङ प्रस्तावित सन्धिखर्क न. पा वाड न.५ मा नयाँ शक्ति पार्टी नेपालको गाउँ भेला सम्पन्न भएको छ ।

भेलाले काली बहादुर कुमाल को संयोजकत्वमा २७ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

कार्यक्रम नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिबालय सदस्य यमुना भुसाल को प्रमुख आतिथ्यता र अतिथिहरुमा केन्द्रीय सदस्य टोपबहादुर बलाल जिल्ला सचिबालय सदस्य टुक बहादुर चेबाली ,जिल्ला संयोजक गोकर्ण थापा को अध्यक्षता तथा संचालन , सूचना तथा सन्चार बिभाग प्रमुख बिष्णु प्रसाद भुसाल ,युवा अभियानका जिल्ला संकयोजक मनिष सिह , ५ न. प्रदेश सदस्य बिष्णु ढुंगानाको आतिथ्यता तथा मन्तव्यमा कार्यक्रम सम्पन्न भएको भन्दै विष्णु प्रसाद भुसालले खवर पठाएका छन् ।