नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दै,संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गरिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दै,संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गरिने



काठमाडौं, ९साउन ।

पार्टी एकीकरण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दैछ ।

काठमाडौंको बबजरमहलस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा संयोजक बाबुराम भट्टराईले कार्यपत्र पेश गर्नु हुनेछ ।

संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गर्ने बताइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन र पराजयको कारणका विषयमा पनि समीक्षा हुनेछ ।