नयन एल्बममा रहेको घायल बनायौ बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयन एल्बममा रहेको घायल बनायौ बोलको गीत सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे /चैत्र २१ 

गायिका रजिना रिमालको सुमधुर स्वरमा सजिएको आधुनिक गीत “घायल बनायौ” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रोजी लाबुंग राईको शब्द तथा खगेन्द्र फन्धक लिम्बुको सङ्गीत रहेको “घायल बनायौ” गीत “नयन” ऎल्बम समावेश गरिएको छ । पछिलो समय मोडलिंग मार्फत आफूलाई स्थापित गर्न लागेकी सरिता अधिकारीलाई यस गीतमा फ़िचरिङ्ग गरिएको छ । सरिता सँगै गीतमा हेमन्त त्रीतलले पनि अभिनय गरेका छन् ।

पूर्वको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीत लाई सरोज अधिकारीले निर्देशन् गरेका हुन् । मनोज श्रेष्ठको चयानाकन रहेको यस गीतलाई जगन राईले सम्पादन गरेका हुन् ।