देवेन्द्र पौडेलसहित १५ नेता नयाँशक्तिबाट निस्कासित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देवेन्द्र पौडेलसहित १५ नेता नयाँशक्तिबाट निस्कासित



 
३ भदौ, काठमाडौँ ।

नयाँँशक्ति पार्टीले देबेन्द्र पौडेल सहीत १५ नेतालाई कारबाही गरेको छ । शुक्रवार डा बाबुराम भट्टराईले विज्ञप्ति निकालेर उनीहरूलाई पार्टीबाट निस्कासित गरेका हुन् ।

निस्कासित हुनेमा देवेन्द्र पौडेल, वामदेव क्षत्री, मुक्ति प्रधान, महेन्द्र पाशवान, बलावती शर्मा, पासाङ शेर्पा, कुमार पौडेल, सुशीला श्रीपाली, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौंलागाईँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार परेका छन् ।
उनीहरूले पार्टीको नीति र बिचार विपरीत काम गरेको र त्यसो नगर्न सचेत गराउँदा पनि पार्टी विपरीत गतिविधि गरिरहेको हुँदा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।