काँग्रेस उम्मेदवार उत्साहकासाथ घरदैलोमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

काँग्रेस उम्मेदवार उत्साहकासाथ घरदैलोमा



भैरहवा, २ असार ।

आसन्न स्थानीय तह निर्वाचनको नजिकिदै गर्दा भैरहवा स्थित सिद्धार्थ नगर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु उत्साहका सथा घरदैलो र मतदाता भेटघाटमा लागेका छन् । मेयर पदका उम्मेदवार मातृका प्रसाद यादव, उपमेयरकी उम्मेदवार माधवी शर्मा वाग्ले तथा १३ बटै बडाका बडा अध्यक्ष तथा सदस्यहरुले प्रचार समय छोटीदै जादाँ घरदैलो र मतदाता भेटघाटलाई तिव्र पारेका हुन् ।
काँग्रेस सिद्धार्थनगरका उम्मेदवारहरुले नगरको समग्र बिकास र प्रत्येक बडाको बिकासकालागी बडा स्तरीय घोषणा पत्र समेत तयार पारेका छन् ।

मेयर पदका उम्मेदवार यादवले आफुहरु बिजयी भएमा के गर्ने र आफुहरुको भावी योजना के भन्ने बिषयमा मतदातालाई प्रस्ट पार्न मतदाता तथा नगरवासी समक्ष्य लिखित प्रतिबद्धता दिईएको बताए । शुक्रवार नगरकै मुटुको रुपमा रहेको बडा नं ८ को घरदैलो गर्दै उनले उक्त बडामा रहेका भित्री सडक पीच, ढल निमार्ण तथा वाताबरण मैत्री नगर पहिलो प्राथमिकतामा रहेको बताए ।

उहाँले आफु बिजयी भएमा वडा नं ८ मा रहेका शैक्षिक संस्थाहरुको स्तरउन्नती, बालउद्यान, पार्क निमार्ण, प्रदुषण रहीत बडा निमार्ण गर्ने प्रतिबद्धता जनाए ।त्यस्तै बीपी पथमा रहेको सहीद स्मृती पुस्तकालयको पुर्वाधार बिकास तथा सार्वजनीक पुस्तकालय र ई लाईब्रेरीको ब्यबस्था पनि तत्काल गर्ने उनले बताए ।

उपमेयरकी उम्मेदवार शर्मा वाग्लेले सिद्धार्थ नगरपालिका अन्तर्गत वडा नम्बर ८ महत्वपुर्ण र मुख्य बजारमा अवस्थित भएर पनि विकास निर्माण र जनताका समस्या प्रति विगतमा पनि कसैले केही कार्य गर्न नसकेको भन्दै आफु बिजयी भएमा बडा एवं नगरलाई नमुनाको रुपमा बिकास गर्ने बताईन् ।

उनले वि पि पथमा रहेको मायादेवी फलफुल तथा तरकारी बजारलाई सफा स्वास्थ्य एवं व्यवस्थित गरी उपभोक्ताहरुको स्वास्थ्यलाई विषेश प्राथमिकतामा राख्दै, महिला वृद्ध वृद्धाको लागी विषेश योजना लागु गर्ने बताईन् । उनले आर्थिक सुशासन, कर प्राणली पारदर्शी, जेष्ठ नागरिक सम्मान लगायतका विशेष योजना लागु गर्ने समेत जनाईन् ।

कार्यक्रममा नगर सभापति दिलीप धिताल, सचिव सजंीव सर्मा रेग्मी, नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य एवं नगर बिकास समीतीका अध्यक्ष सुरेन्द्र जगं थापा, ओम कुमार श्रेष्ठ, बिष्णु थापा, रामकीसन बिक, महाधिबेसन प्रतिनीधी गोपालमान राज भण्डारी, शिद्धार्थ उद्योग बाणीज्य सघंका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, नेपाली बिद्यार्थी सघंका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, बडा अध्यक्षका उम्मेदवार राजनजगं राणा, सदस्यहरु ईन्द्रीरा थापा (केसी), देवी बिक, गोविन्द पुलामी र गोपाल बिस्वकर्मा लगायत सयौको सहभागीता रहेको थियो । बडा नं ८ को बिकासकालागी काँग्रेसले २८ बुदेँ योजना तयार पारेको छ । यो बडा भैरहवाको मुटु र सवै भन्दा धेरै जनसङ्गख्या भएको बडा पनि हो ।