पार्टी विभाजन रोक्न नेकपाका ७० सांसदको हस्ताक्षर, पत्रकार सम्मेलन गर्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पार्टी विभाजन रोक्न नेकपाका ७० सांसदको हस्ताक्षर, पत्रकार सम्मेलन गर्दै



काठमाडौं- पार्टी एकता जोगाउनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।

नेकपाका सांसदहरु कृष्ण दाहाल, विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएको छ । उनले संकलन गरिएको उक्त हस्ताक्षर समय मिलाएर पार्टी नेतृत्वलाई बुझाउने तयारी भएको बताए।

आजै दिउँसो २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी भएको सांसद भट्टराईले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका कारण उत्कर्षमा पुग्दै आएको नेकपाभित्रको विवादले पार्टी संकटमा परेको भन्दै दोस्रो तहका नेताहरुले सक्रियता देखाउँदै आइरहेका छन् ।