नेकपा एस र जसपाबीच पार्टी एकता गर्नेबारे छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा एस र जसपाबीच पार्टी एकता गर्नेबारे छलफल



काठमाडौं–  नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच पार्टी एकता गर्नेबारे छलफल चलिरहेको खुलेको छ । स्रोतका अनुसार नेकपा एस र जसपाका नेताहरूबीच लगातार छलफल भैरहेको बताइएको छ ।

शुक्रबार पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको बारेमा छलफल भएको छ ।

एकताबारे छलफल गर्न शुक्रबार बिहान यादव खनालको डल्लुस्थित निवासमा पुगेका थिए । केही दिनअघि पनि यादवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललिई भेटेर छलफल गरेका थिए ।

कम्युनिस्ट पार्टीहरू मिलेर समाजवादी केन्द्र बनाउने योजना नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि सेलाएसँगै नेकपा एस र जसपा पार्टी एकताका लागि जुटेका हुन् ।

बुधबार पनि प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच छलफल भएको थियो। आज भएको छलफलमा पार्टी एकताको अलावा सरकारमा सहभागी हुनेबारे समेत छलफल भएको थियो ।

जसपाले सरकारमा जानेबारे कार्यकारिणी र राजनीतिक समिति बैठक बोलाएको छ ।