पूर्वमाओवादी र पूर्वएमालेबीच ‘ग्याङ फाइट’, गाउँपालिका सचिवको ज्यान गयो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्वमाओवादी र पूर्वएमालेबीच ‘ग्याङ फाइट’, गाउँपालिका सचिवको ज्यान गयो



वीरगंज : सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।

बिहीबार अपरान्ह १ बजे भएको दुई पक्षीय झडपमा गम्भीर घाइते बनेका गाउँपालिका सचिव चौरसीयाको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

नेकपा पर्सामा अहिले विवाद उत्कर्षमा पुगेको छ। नेकपाभित्रको तत्कालिन माओवादी र एमाले नेता कार्याकर्ताहरुको विवाद सतहमा छताछुल्ल भएको हो।

पर्साको १४ वटा स्थानीय तहमा दुबै समूहको गुटउपगुट राजनीति तथा एकले अर्कालाई दबाउने चलखेल भइरहेको छ। यसैको कारण पर्सामा एक जना नेकपाको कार्याकर्ताको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया रहेका छन्।

उनको आज बिहान ९ बजेको समयमा वीरगंज पानीट्यांकीस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरीले जनाएको छ । बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए।

झडपमा लाठीले हानेर उनलाई घाइते बनाइएको थियो। नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ। झडपमा परी ८ जना घाइते भएकोमा ७ जना उपचार गराएर घर फर्किसकेका थिए भने चौरसियाको टाउकोमा गम्भीर चोट लागेर उच्च रक्तश्राव भएको थियो।

उनलाई आर्यसीयूमा राखेर उपचार भइरहेको हुदाँ आज बिहान मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको थियो। आजै कुटपिट गर्ने स्थानीय देवासहनी, सोखद्दीन अनसारी र हनिफ मियालाई पनि नियन्त्रणमा लिएको छ। तीनै जना नेकपाका कर्याकर्ता हुन्। घटनालाई अनुसन्धान गरी ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको अशंकामा पर्सा क्षेत्र नं ३ मा तत्कालिन एमालेबाट प्रथम संविधान सभामा निर्वाचित राजकुमार गुप्तालाई पनि पर्सा प्रहरीले बोलाएर सोधपुछ गरेको थियो।