नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डामा छलफल गरिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डामा छलफल गरिने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच एजेण्डाहरू तय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि रहेका छन् । सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि केही समय सहभागी भएका थिए ।