नेजस महिला समिति र गाजियाबाद शाखाद्वारा बाढी पिडितलाई राहत - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

नेजस महिला समिति र गाजियाबाद शाखाद्वारा बाढी पिडितलाई राहत



बुटवल /भदौ २७ 

नेपाली  जनसम्पर्क  महिला समिति भारत  र गाजियाबाद शाखाद्वारा बाढी पिडितलाई रुपन्देहीमा राहत वितरण गरिएको छ  ।  सोमबार   बुटवलमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको हो  ।

नेपाली  जनसम्पर्क महिला समितिकी केन्द्रीय महासचिब सुनिता कुँवरको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा नेपाली कांग्रेसका बुटवल उपमहानगर सभापति  खेल राज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नगर उपसभापती बिमल राज भट्टराइ,महा समिति  प्रतिनिधि चिरन्जीवी पौडेल ,दलित संघ जिल्ला अध्यक्ष रवी बिक ,प्रेस यूनियन रुपन्देहीका साभापति बिक्रम खड्का ,बरिष्ठ पत्रकार दामोदर खनाल ,पत्रकार एवम् सबल नेपाल साप्ताहिक संचालक अमृत पाण्डे ,सगुन पोस्टका तिलक सुबेदी आदिको उपस्थिति रहेको थियो  ।

उक्त कार्यक्रममा नगर सभापति पाण्डेले भारतमा परिवार पालना गएका प्रवासी नेपालीहरुले गरेको यो काम सराहनीय रहेको बताए ।एक फरक प्रसंगमा कुरा गर्दै उनले भने सरकार र बुटवल उपमाहानगरपालिका यी पीडितहरुको  बारेमा  मौन भएको बेला प्रवासमा कार्यरत नेपालीले ठुलो गुन लगाएको बताए  ।

५ केजी चिउरा ,१ थान ब्लांकेट ,बच्चाको लागि लुगा ,महिलाको लागि सुतीको साडी ,सुट र लुंगी गरि वाड न २ मनकामनाका ३ का १८ घरलाई वितरण गरिएको थियो  ।महिला समितिकी केन्द्रिय महासचिब सुनिता कुवर र गाजियाबाद शाखाका अध्यक्ष राजु कुवरको बिशेष सहयोग रहेको थियो  ।कार्यक्रमको संचालन भने   वडा सदस्य सचिव महेश प्रसाद पोख्रेलले गरेका थिए  ।